मङ्लबार, बैशाख ४, २०८१

उच्च अदालतलाई नयाँ ठाउँमा सार्ने प्रक्रिया कहाँ पुग्यो ?

२ साउन/ उच्च अदालत तुलसीपुर साघुरो ठाउँमा भएकाले फराकिलो ठाउँमा सार्ने कार्य अगाडी बढ्न सकेको छैन । अहिले तुलसीपुर ६ सितलपुर रोडमा रहेको अदालतलाई दोघरे सार्नकालागि जग्गा खोजी भएको थियो ।

तर, त्यो प्रक्रिया अघि एकाएक रोकिएको छ । २०७६ सालदेखि अदालत दोघरे सार्ने गरि जग्गा खोजी कार्य भएको थियो । तुलसीपुर नगर विकास समितिको १ विघा ९ कठ्ठा जग्गामा अदालतका पूर्वाधार निर्माण गर्ने गरि सम्भाब्यता खोजी गरेपनि अहिले रोकिएको छ ।

अदालतका रजिष्ट्रार यमबहादुर बुढाका अनुसार यो ५ बर्षे योजनामा रहेको भन्दै २०८१ साल सम्ममा निर्माण गर्नुपर्ने हो । तर, अहिले अर्थमन्त्रालयले त्यसमा बजेट बिनियोजन नगरेकाले समस्या भएको उनको भनाई थियो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77