बिहिबार, साउन १०, २०८१

पहिरोले दुई वटा जेसीवी सहित ट्याक्टर पुरिदा एक जनाको मृत्यु ,एक घाईते

२ साउन । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार गएराती सवा एघार बजे पाल्पामा दुई वटा जेसीवी सहित एउटा टेक्टर पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तिनाउँ ६ डुम्रे स्थित कच्ची सडक खण्डमा डुम्रेमा हिलोमा फसेको ट्याक्टर निकाल्न गएका दुई वटा जेसीवी पहिरोले पुरिदा टेक्टरका सहचालक बर्दिया अस्मेरी गाउँपालिका ३ घर भई हाल डुम्रेमा बस्ने २७ बर्षिय महेन्द्र पुनको गएराती मृत्यु भएको प्रहरीले बताएको छ ।पहिरोमा परि गम्भिर घाईते भएका पुनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारकै शनिवार विहान पौने तिन बजे निधन भएको हो । डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जादै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर हिलोमा फसेकोले ट्याक्टर निकाल्नको लागी पुगेका लु १ क २४९६ नम्वरको जेसीवी र लु १ क २४९७ नम्वरको जेसीवीलाई सडक माथीबाट अचानक खसेको पहिरोले पुर्दा लु १ क २४९६ नम्वरको जेसीवी चालक रैनादेवी छहरा गाउँपालिका १ बस्ने २० बर्षिय सरोज बुढा घाईते हुनुभएको छ ।उहाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77