शनिबार, साउन १२, २०८१

घोराहीबाट १ लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ

 २ साउन । दाङमा जुवा खेलिरहेको अवस्थामा एकलाख बढी नगदसहित १० जना पक्राउ परेका छन् । शुक्रबार दिउँसा् साढे चार बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँबाट नगद १ लाख २२ हजार ५ सया १०रुपियाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान बुढा, ४२ वर्षीय लोक बहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ३४ वर्षीय ज्ञानसिंह बुढा, ४२ वर्षीय आक्ष्तबहादुर घर्ती र ६८ वषीृय गण बहादुर घर्ती रहेका छन् ।

त्यस्तै वडा नं. १५ निवासी २२ वर्षीय निमबहादुर रोका र ३३ वर्षीय ढोका घर्ती, वडा नं. १२ निवासी ४० वर्षीय तेजलाल पुन र वडा नं. १४ निवासी २६ वर्षीय त्रिपन बुढा रहेका छन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77