शनिबार, साउन १२, २०८१

दाङ सहित चार जिल्लामा सर्पदंसको जोखिम धेरै

१६ साउन । दाङ सहित तराई क्षेत्रका केहि जिल्लामा बढ्दो गर्मी र मनसुनका कारण सर्पदंशका घटना बढ्न थालेको पाईएको छ । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेका छन् ।लगातार बर्षा र तराईमा गर्मी पनि उत्तिकै हुने भएकाले यो समयमा सर्प बाहिर निस्कने हुदा जोखिम धेरै हुने विज्ञले बताएका छन् । दाङ सहित तराई क्षेत्रका जिल्लाहरु महोत्तरी, सिरहा र कैलाली लगायतका ठाउँमा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको सङ्ख्या बढ्न थालेको छ ।महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिन्टेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर सतिश साहका अनुसार यसअघि एक÷दुई जना आउने गरेकोमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउन थालेका बताउनुभयो । सर्पले टोकेलगत्तै अस्पताल पुग्न उहाँको सुझाव छ ।सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरेर एन्टीस्नेक भेनमको डोज लगाउने गरिन्छ ।

 

गएको वैशाखदेखि हिजोसम्म सर्पदंशका १२ वटा घटनामा ११ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणले सुत्दा झुलको प्रयोग गर्न, सर्प लुक्न सक्ने ठाउँको पहिचान र रातमा हिँड्नुपरे टर्च बालेर हिँड्न पनि सुझाव दिएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77