शनिबार, साउन १२, २०८१

खोरमा बाघ पसेर ९ वटा बाख्रा मार्यो

१६ साउन/ देउखुरीमा खोरमा बाघ पसेर ९ वटा बाख्रा मारेको छ । लमही नगरपालिका ८ निम्बुखुट्टीका रामप्रसाद चौधरीको खोरमा शुक्रबार राती बाघ पसेर ९ वटा बाख्रा मारेको हो । खोर कच्ची रहेको र बाघले राती पसेर बाख्रा मारेछ, बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र थाह पाएको पिडित रामप्रसादले बताए ।  ६ वटा व्याउने र अन्य तीन वटा माउ बाख्रा हुन । झण्डै एक लाख रुपैयाँ बराबरको क्षति भएको उनको भनाई छ। बाख्राको खोर सुधारका लागि लमही नगरपालिकामा फारम भरेको थिए उनले भने अब त सबै बाख्रा नै मारिदियो राम प्रसादले भने ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77