शनिबार, साउन १२, २०८१

बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरी नियन्त्रणमा

बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हिरासतमा लिएको छ ।

 

ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले एक्सन लिएको हो ।

 

यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।यो बिहे पाकिस्तानको मिरपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हिन्दू हुन् र उनको नाम अशोक भेल भएको बताइएको छ ।

 

भिडियोमा अशोकले मिरपुरखास जिल्लाको डिगरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रितिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।

 

पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ ।

 

पण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको विश्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन ।

 

त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77