शनिबार, साउन १२, २०८१

१० बँदे सहमतीपत्रमा हस्ताक्षरसगैं एमाले एक भयो !

काठमाडौं । सिंहदरबारको अर्थमन्त्रालयमा हाल दुई भागमा बाँडिएको एमाले एकताको सहमति भएको छ । कार्यदलको बैठक सकिएपछि नेपाल समूहका कार्यदलका संयोजक भीम रावलले बैठकले एमाले एकताको सहमति भएको बताए ।

 

‘सम्पूर्ण समस्याहरुलाई समाधान गर्न अघि बढ्ने अठोट गरेका छौँ । १० बुँदे सहमति गरिएको छ ।’ १० बुँदे सहमतिका निर्णयहरु प्रदिप ज्ञवालीले पढाएर सुनाएका हुन् ।

हिजो नै आज आइतबार एकताको सन्देश सुन्न पाइने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका थिए । तर, आइतबार राति साढे १० बजेपछि बल्ल एकताको सहमति सफल भएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77