शनिबार, साउन १२, २०८१

ट्रक चालकको ह’त्या गरेर १८ लाखको चामल लु’ट’पा’ट

साउन २७ बुधबार २०७८

ट्रक चालकको १८ लाखको चामल लु’ट’पा’ट गरि

हत्या अभियुक्त भैरहवाका गिरोह पक्राउ परेका छ्न ।

 

भारतबाट आएको मालबाहक ट्रक लु’ट’पा’ट गरि चालकको ह’त्या गर्ने गिरोह आफ्नो पहिलो प्रयासमै प्रहरीको फन्दामा परेको छ ।

भैरहवाका ३ जना युवाहरुले योजनावद्ध तरिकाले चामल लोड गरिएको ट्रक लु’ट’पा’ट गरि त्यसका चालकको हत्या गरेको रुपन्देही प्रहरीको दा’वी छ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्र’मुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले अनुसन्धानको मामिलामा जटिल मानिने ह’त्याको र’हस्य खोतलेको बताएका छन् । साउनको २० गते रुपन्देही प्रहरीलाई भारतको सुनौलीमा एक भारतीय ट्रक बेवारिसे अवश्थामा रहेको जानकारी आएको थियो । सोही दिन भैरहवाको डण्डा खोलामा एक जना युवकको श’व पनि फे’ला प¥यो ।

 

भारत महाराजगञ्ज एकसडवा गाउँका तौफिक अहमद पठान नेपालमा चामल लिएर आउने गरेका थिए । रुपन्देहीको पोखरभिण्डीमा ससुराली रहेका तौफिक नेपाल ट्रक लिएर आएको र त्यस पछि हराएको हुदा उनको खोजतलाशको लागी ससुरालीले पहिले नै निवेदन दिएका थिए ।

 

नेपाल सिमा नजिकै बे’वा’रिसे ट्रक फे’ला पर्नु र हराएको ब्यक्तिको हुलिया र कपडाको आधारमा प्रहरीलाई उक्त फेला परेको श’व तौफिककै रहेको भनेर पहिचान गर्न सहज भयो ।

 

ह’त्याको र’हस्य पत्ता लगाउन सबै भन्दा जटिल शनाखत नै हुने गर्दछ । भारतीय नागरिक तौफिकको श’व भेटिए पछि प्रहरी उनको हत्याको रहस्य पत्ता लगाउन सुरु ग¥यो । तौफिकले हाकेको ट्रकमा भारतीय ब्यपारी नन्द किशोर यादवले नेपाल काठमाण्डौंका ब्यपारी नन्दनलाई करिब ११ लाख भारतीय रुपैयाको चामल पठाएका थिए ।

 

यता भैरहवामा बसेर फलफुल, तरकारी लगायतको ब्यपार गर्ने अलि भन्ने सद्दाम कुजडाले यो कुरा थाहा पाए । उनले नन्दनलाई उक्त चामल नगद रकममा आफुलाई बेच्न भनेर नन्दनलाई फोन गरे । नगद पाए पछि नन्दन पनि चामल अलिलाई बेच्न तयार भएको प्रहरीको भनाई छ । अलिको योजना भने अरु नै रहेको थियो । रुपन्देही प्रहरी प्रमुख मनोज कुमार केसीले दिएको जानकारी अनुसार नन्दनले ट्रकका चालक तौफिक अहमद पठानलाई चामल अलि भन्ने सद्दामलाई दिन र उनिबाट सो बापतको रकम लिन भने ।

तौफिक भन्सार प्रकृया पुरा गरि नेपाल प्रवेश गरे पछि अलिलाई सम्पर्क गरे । अलि सहित भैरहवाकै समिर भन्ने रिजवान अलि मुसलमान र महेश कहार पनि मिलेर सोही राती तौफिकलाई ईट्टाले कु’टेर मा’रेको प्रहरीको दावी छ । तौफिकलाई मारे पछि यो टोली मध्येका महेश कोहारले उनको ट्रक लिएर भुमहि पुगेको र त्यहाँ ट्रकमा रहेको चामल अन्य २ ट्रकमा पल्टी गरेर चितवन र तनहु चामल पु¥याईएको थियो । पछि अभियुक्त मध्येका एक महेशले नै उक्त भारतीय ट्रक सिमा पारी सुनौली पुर¥याएको प्रहरीको भनाई छ ।

 

“अली भन्ने सद्दाम कुजडा र चामल ब्यपारी नन्दन बिच फोनमा कुराकानी भए पनि यी दुई बिच देखभेट र चिनजान थिएन ।” एसपी केसीले भने “यसले गर्दा अनुसन्धानमा जटिलता देखियो ।” अली नाम मात्र थाहा पाएको प्रहरीले त्यसपछि २ टोली परिचालन ग¥यो । एउटा टोली चितवनमा ६ दिन बसेर करिब २ सय होटलमा अलीको सुक्ष्म रुपमा खोजी गर्दै थियो । “कसैले थाहा नपाउने भने ढुक्क बसेका अली प्रहरीले खोजी गरेको थाहा पाए फ’रार हुने सम्भावना थिया । त्यसै कारण गोप्य रुपमै उनको पछि लागेका थियौ ।” केसीले भने । पछि अलीलाई भैरहवाबाट नै प’क्राउ गरेर प्रहरीले यो ह’त्याकाण्डको पर्दाफाश गरेको हो ।

 

“भारतीय नागरिकको ह’त्या भएको कारण प्र’हरीले यसबारे चासो नदिने उनिहरुको अनुमान थियो । तर हामीले यसलाई जसरी पनि सल्टाउनै पर्छ भनेर लाग्यौ र थोरै ढिलो भए पनि घटना बाहिरियो ।” केसीको भनाई छ । चामल लु’टेर त्यसलाई तनहु पु¥याएर शुक्लगण्डकी १० बस्ने २७ बर्षिय सुनिल पौडेलको घरमा राखिएको थियो । भारतबाट आउदा “गोपी” ब्राण्डको रुपमा रहेको चामललाई अर्कै ब्राण्ड बनाएर बिक्रि गर्ने योजना थियो ।

 

लु’टपा’ट र ह’त्यामा संलग्न रहेको आरोपमा प्रहरीले सुनिल पौडेललाई पनि प’क्राउ गरेको छ । प’क्राउ परेका चारै जनाले कर्तब्य गरि मा’रेको अनुसन्धानबाट समेत देखिएकोले उनिहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77