बिहिबार, साउन १०, २०८१

भरोसा छ विप्लव एकदिन हाम्रो पार्टीमा आउनुहुन्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘भोली स्वयम विप्लप पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा गर्दैन । अरुलाई पनि फाइदा गर्दैन् । मलाई भरोसा छ एक दिन उहाँपनि यसैगरी आउने ठाउँमा पुग्छ ।

अरु साथीहरु पनि आउँछन् जो अहिले पनि सानोसानो चुलो चौकी राखेर बसिराख्नुभएको छ । त्यसबाट केही हुँदैन भनेर त बुझ्नुभएको छ होला । सबैलाई देशको स्थिति, राजनीतिक स्थायित्व, देशको विकासका बारेमा किनकी समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको अवस्था छ ।’

अध्यक्ष प्रचण्डले बाँकी रहेकासबैलाई अफ्ठ्यारो नमानी आउन अपिल गर्नुभयो । गरिहाले, हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरि छिटो पार्टीमा आउन उहाँले सबैलाई आग्रह गरे । ‘अफ्ठ्यारो नमानिकन गरिहाले हिँडिहाले भनेर आफैलाई अनि देशलाई हानी पु¥याउने काम नगरीकन छिटो जोडिन् आउन अपिल गर्न चाहन्छु’, प्रचण्डले भने ।

पार्टी प्रवेशपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताए । ‘सहजै विप्लव छोडेर आउने पक्षमा म थिएन् । तर विप्लवको त्यो राजनीतिक साहस, नैतिकता र इमानदारिता देख्न सकिन् । हिरासतपछि मेरो एकान्त बास भयो । मलाई भेटने कोही मान्छेपछि आएन्’, उनले भने, ‘वार्तामा आउ आफ्ना कुरा राखौँ भन्दा मान्ने अवस्था भएन् । आफूले गरेका कुरा र कामहरुको ओनरसिप लिन सक्ने अवस्था नदेखेपछि विप्लव छोडे ।’

पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । स्रोत : रातोपाती

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77