बुधबार, साउन ९, २०८१

एकैगाउँबाट ह’रा’ए’का तीन किशोरीहरु नवलपरासीमा भे’टि’ए

साउन ३१ आइतबार २०७८
बर्दियाबाट बे’प’त्ता भएका तीन किशोरी पश्चिम नवलपरासीमा फे’ला परेका छन् । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार वे’पत्ता भएका तीन जना किशोरीहरु बर्दघाटमा भे’टि’एका हुन् ।नेपालगञ्ज देखी काठमाण्डौं जाने क्र’म’मा ना ६ ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका ९ का सावित्री बराइली, यमुना परियार र अनिता पुन मगरलाई चालक कैलाशराम सुनारले ईलाका प्र’ह’री कार्यालय बर्दघाटमा बुझाएका छन् ।

 

किशोरीहरु ह’रा’ए’को भन्दै उनीहरुका परिवारले अस्थायी प्र’ह’री पो’ष्ट ठाकुरद्वारमा खोजी गरिदिनका लागि निवेदन दिएका थिए । सावित्रीका दाजु पूर्णबहादुर बराईलीले प्र’हरीमा दिएको निवेदनमा तीन किशोरीहरु शुक्रबार बिहानदेखि स’म्प’र्क वि’हि’न भएको उल्लेख गरिएको थियो । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फे’ला पारेको र परिवारको सम्पर्कमा आइसकेकाले निजका परिवारलाई बुझीलिन प्र’ह’री’ले आग्रह गरेको छ ।

 

किशोरीहरुका परिवार आएपछी उनीहरुलाई बुझाइने जिल्ला प्र’हरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका-09 बेतहनी ठाकुरद्वाराका 3 जना बहिनीहरु (सावित्री बराईली, यमुना परियार र अनिता पुन मगर) श्रावण 29 गते विहान देखि हराएका थिए । उनिहरुको मोबाईलको GPS Track गर्दा Location नेपालगञ्ज स्थित गणेशपुर देखाएको थियो । उक्त ठाउँ नेपाल-भारतको सिमा नजिक भएकाले कसैले उनिहरुलाई बे’च्न लग्यो कि भनेर श’न्का गरिएको थियो ।

 

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77