भाद्र ५ शनिबार २०७८
उहाँ रुकुम पश्चिम आठबिसकोट नगरपालिका-९, घर भै उपचारको क्रममा नेपालगन्ज आउने क्रममा बाटोमै घ’टेको घ’ट’ना रहेछ! आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्याउछिन! श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन, निको नहुदा आफू यतै छु।
काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले!अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्या’पेर एक्लै नाइट बस चड्छिन उनी! गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन।
बिच बाटामा उनिलाइ उ’ल्टि हुन्छ! वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन! उनी आत्तिन्छिन र काखको बच्चालाई ओ’ल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन! उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ?? फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्या’प्दै जान्छ।
अम्तिम ता’गतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन!