भाद्र ११ शुक्रबार २०७८
घरबाट भैसी चराउन राप्ती नदी किनारमा गएका लमही नगरपालिका ७ देउखुरी निवासी ४५ बर्षिय सुन्नदर राम चौधरी सम्पर्क बिहिन भएका छन ।बे’पत्ता भएका चौधरी साझ सम्म घर नफर्किएपछी अहिले सम्म खोजी भईरहेको छ ।तर उनी अहिले सम्म पनी पत्ता नलागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।खोलाको किनारमा भैसी चराउन गएकाले खोलाले बगाएको हुन सक्ने प्र’हरीले अनुमान गरेको छ ।
अहिले पनी ईलाका प्र’हरी कार्यालय अमेलियाको टोली र स्थानीए बासिन्दा हरु चौधरीको खोजिनीमा लागी परिरहेको बताईएको छ ।
बे’पत्ता चौधरी बिहिबारका दिन भैसी चराउन गएका थिए उन अहिले सम्म भेटिएका छैनन ।