बिहिबार, मंसिर ९, २०७८

खोलाले ब’गाउदा बगाउदै राधाले श्रीमानलाई यस्तो सम्म भन्न सकेकी रहेछिन बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’

खोलाले बगाउदा बगाउदै राधाले श्रीमानलाई यस्तो सम्म भन्न सकेकी रहेछिन बाबुको ड्याडी, हामीलाई खोलाले बगा”यो, हामीलाई बचाउन आउनुहोस्।
भाद्र १७ बिहीवार

दाङको घोराही उपमहानगरपालिका १४ का ३६ वर्षीय रमेश कुँवर बुधबार साथीभाइसँग पार्टीमा रमाइरहेका थिए।

डिलक्स गाडी किन्न चार लाख बैना गरेका उनलाई साथीभाइले खुसियाली मनाउन भनेपछि चोककै एक गेष्ट हाउसमा ज’म’घ’ट कार्यक्रम राखेका थिए।उनीहरू रमाइरहेकै थिए। त्यही बीचमा नेपालगन्जबाट घर आउँदै गरेकी प’त्नी राधाले फोन गरिन्।

‘बुढो तपाईंले गाडी ल्याउनुभयो कि नाइँ?’

रमेशले जवाफ दिए, ‘गाडी ल्याइसकेँ।’

त्यसपछि राधाले भनिन्, ‘हामी आउँदैछौं, त्यसो भए तपाईं घर गएर खाना बनाउँदै गर्नुहोला।’

त्यसपछि रमेश त्यहाँको खाजा नास्ताको बि’ल तिरेर घरतिर लागे।

पत्नी राधाकै आग्रहमा रमेशले मिठो-मसिनो खानेकुरा तयार पारे। रात छिप्पिँदै गएपछि रमेशले छोरालाई खाना खुवाए। १३ वर्षे अंकित घोराहीकै जनज्योति बोर्डिङमा कक्षा ७ मा पढ्दैछन्।रातको ९:३५ बजे राधाले फेरि रमेशलाई फोन गरिन्।

‘लौ, बाबुको ड्याडी, अब हामी कुइरेपानी आइपुग्यौं, केही बेरमै घर आइपुग्छौं है।’

घोराही १३ कै नरबहादुर पुनले चलाएको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कारमा ३३ वर्षीया राधा कुँवरसँगै उनकी ३५ वर्षीया सहोदर दिदी सुशीला श्रेष्ठ, रमेशकी ठूली आमाकी छोरी बिमला केसी र सुशीलाकी साथी रितामाया पुन तीजका लागि आवश्यक लत्ताकपडा र सरसामान किनेर घर फर्किरहेका थिए।

त्यसको दस मिनेटपछि आत्तिँदै राधाले रमेशलाई फेरि फोन गरिन्।

‘बाबुको ड्याडी, हामीलाई खोलाले बगायो, हामीलाई बचाउन आउनुहोस्।’

त्यही बीचमा राधाकी दिदीले भनिन्, ‘ज्वाइँ हामीलाई खोलाले बगायो, तर तपाईं नआत्तिनुहोला।’

त्यसपछि फोन सम्पर्क हुन सकेन। रमेशलाई के गरौं, कसो गरौं भयो। तत्कालै उनले अघिसँगै बसेका साथीहरूलाई फोन गरे। उनीहरू अझै होटेलमै रहेछन्।

रमेशले भने, ‘तिमीहरूको भाउजू राधालाई खोलाले बगायो रे, तुरून्त सिस्ने खोलामा पुगिहाल।’

गाडी लिएर उनीहरू तीव्र गतिमा घोराहीदेखि करिब साढे ३ किलोमिटर टाढाको सिस्ने खोला पुगे। रमेश मोटरसाइकलमा एक्लै घ’ट’ना’स्थलतर्फ लागे। चोकमा ड्युटीमा बसेका प्रहरीलाई घ®ट’नाबारे जानकारी दिए। ९ मिनेटपछि उनी पनि घ®ट’नास्थल पुगे।

खोलामा भे’ल आएको थियो। पस्न सक्ने अवस्थै थिएन। पहिलै त्यहाँ पुगिसकेका साथीहरू यताउता गरिरहेका थिए। तर पनि खोलामै पसेर भेलमा खोज्न थाले। निकै बेरसम्म खोजे पनि सुशीला र राधाका दिदीबहिनी फे’ला परेनन्। रात छिप्पिसकेको थियो। सबैले सम्झाइ-बुझाइ गरट्ठ रमेशलाई मध्यरात पछि घर ल्याए।

सिस्ने खोलाको बाढीले कार बगाउँदा एकै साथ अ’स्ताएका दिदीबहिनी सुशीला श्रेष्ठ र राधा कुँवर।

सुशीला र राधा घोराही १६ का वडा सदस्य जगत श्रेष्ठका छोरी हुन्। जेठी सुशीलाका सन्तान थिएनन्। श्रेष्ठ परिवारका दुई दिदीबहिनीबीच अगाध प्रे’म थियो। सकेसम्म जहाँ पनि सँगै जाने गर्थे। तीजका लागि आवश्यक सरसामान किन्न भनेर उनीहरू बुधबार बिहान ७ बजे घरबाट नेपालगन्जतर्फ गएका थिए।

चालक पुनकी श्रीमती पनि उक्त कारमा नेपालगन्ज सामान किनमेल गर्न जान भनेर आएकी थिइन्।

‘मैले यति सानो कारमा पाँच जना अटाइन्न कि, स्कार्पियो लग्नुपर्‍यो, नत्र यसमा हुँदैन भनेपछि चालककी श्रीमती त्यहीँबाट घर फर्किनुभएको हो,’ रमेशले सेतोपाटीसँग घ®ट’ना विवरण सुनाउँदै भने।

राधालाई रमेशले किनमेलका लागि भनेर १७ हजार रूपैयाँ दिएका थिए।

‘आफ्नो लागि साडी, आमालाई धोती, जिरा, दाल र एउटा प्रेसर कुकर पनि किनेर ल्याउने भन्दै राधा नेपालगन्ज गएकी थिइन्,’ रोदनमिश्रित स्वरमा रमेशले भने, ‘यस्तो होला भन्ने कहिलै कल्पना पनि गरेको थिएन। दैवको लिला देखेर पनि उदेक लागेर आउँछ।’

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिकाको अगैया भन्ने ठाउँमा चालकसहित सबैले खाजा नास्ता खाएका थिए। त्यहाँ राप्तीको माछा प्रख्यात छ।

‘राधाले मेरा लागि अगैयाबाट माछासमेत ल्याइदिएको फोनमा भनेकी थिइन्,’ रमेशले रूँदै भने, ‘सायद उसको यतिसम्म मात्र लेखेको रहेछ।’

रमेशको पुर्ख्यौली घर घोराही १६ सर्रामा पर्छ। हालै उनले घोराही १४ बुद्धि ग्यारेज नजिक नयाँ घर बनाएका थिए।

‘हामी नयाँ घर बनाएपछि असार ९ गतेदेखि यहाँ बस्न थालेका हौं,’ रमेशले भने, ‘त्यसैले हामीले नयाँ ठाउँमा बसाइँसराइ समेत ल्याएका छैनौं।’

रमेशले आफू पाँच महिनाअगाडि मात्रै साउदी अरबबाट बिदामा घर फर्किएको बताए।

‘श्रीमतीको सल्लाहमा अब बिदेश नजाने भनेर गाडी किनेर ल्याएको थिएँ,’ रमेशले भने, ‘तर ममाथि दै’व लाग्यो। यो सबै तक्दिरको खेल त होला नि।’

सिस्ने खोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा चालकबाहेक कारमा सवार चारै जनाको ज्या’न गएको थियो। प्रहरीले उनीहरूको श’व झन्डै तीन किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फे’ला पारेको थियो।

© 2021 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77