बुधबार, साउन ९, २०८१

हरेक वर्ष माघी पर्वमा लाग्दै आएको बाह्रकुने दह मेला यस वर्ष स्थगित

२८, २०७८

दाङको घोराही १३ मा पर्ने बाह्रकुने ताल दहको मेला यस वर्ष स्थगित हुने भएको छ । हरेक बर्ष माघीको अवसरमा आयोजना हुदै आएको बाह्रकुने ताल दहको मेला यस वर्ष कोरोना माहामारीका कारण स्थगित गरिएको हो ।

कोरोना माहामारीको जोखिमलाई मध्येनजर गदै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले जानकारी दिनुभयो । उहाले भन्नुभयो ः संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढि भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुदा मेला स्थगित गरिएको हो, धार्मिक स्थल समेत भएकाले मन्दिरमा पुजाआजा भएपनि मेला भने नहुने उहाले जानकारी दिनुभयो । यस मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् । मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ ।

यता लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहा पनि दैनिक मानिसहरुको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताईएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77