बिहिबार, साउन १०, २०८१

सपूत भए सद्भावना दूत

पोखरा : गायक प्रकाश सपूत ‘नेपाल भ्रमण वर्ष २०२०’ को गण्डकी प्रदेशबाट सद्भावना दूतका रूपमा नियुक्त भएका छन्। पोखरामा भएको भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेश सरकारले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उनलाई सद्भावना दूत नियुक्त गरेको हो। सपूत नेपालबाहिर भएकाले समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए। सपूत बागलुङको काठेखोला गाउँपालिका धम्जामा जन्मिएका हुन्।

गायक सपूत गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्षको प्रवद्र्धन कार्यक्रममा विभिन्न प्रदेशका प्रवद्र्धनात्मक कार्यक्रममा पुगेका छन्। गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा आफू लाग्ने उनले बताउँदै आएका छन्। उनी नेपाली लोकसंगीतमा पछिल्लो समयका चर्चित प्रतिभा हुन्। उनको ‘बोलमाया’, ‘गलबन्दी’ लगायत गीत चर्चित छन्।

गण्डकी प्रदेश सरकारले गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जालाई पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को सद्भावना दूत नियुक्त गरेको छ। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भिœयाउने लक्ष्य लिएको छ। यस लक्ष्यलाई सफल बनाउन पनि भिजिट नेपाल २०२० सहयोगी हुने गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले बताए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77