
२९ पुस । भूमि सम्बन्धी समस्या समाधान आयोगले माघ १८ गतेदेखि देशभरका ६८ स्थानीय तहका जग्गाबिहीनलाई लालपूर्जा वितरण गर्ने भएको छ । अव्यवस्थित रुपमा बसोबास गर्ने, सुकुम्बासी तथा जग्गा नभएकाहरूलाई आयोगले माघ १८ गतेदेखि ६८ स्थानीय तहमा लालपूर्जा वितरण गर्ने तयारी गरेको हो ।
आयोगका अध्यक्ष केशव निरौलाले देशभरका २७ जिल्लाका गरि ६८ स्थानीय तहसँग भएको सम्झौताका आधारमा लालपूर्जा वितरण गरिने बताउनुभयो । उहाँले बाँकी रहेका स्थानीय तहमा पनि छिटै आयोगले लालपूर्जा वितरणको काम सुरु गर्ने बताउनुभयो ।