बिहिबार, मंसिर १४, २०८०

श्रीमतीले गरिन बन्चरो प्रहार गारी श्रीमानको हत्या

बाके जिल्लाको खजुरा गाउँपालिका वड़ा न ६ सिमलघारीमा ६० बर्षीय श्रीमती मिथिया थारुले ६५ बर्षीय श्रीमान नथुराम थारुको बनचरो प्रहार गरी हत्या गरेकी छिन । दिउँसोको करीब ४ बजे तीर श्रीमान श्रीमतीको झगड़ा हुदा श्रीमतीले श्रीमान लाई पहिले बासको लठ्ठीले हानेर हात खुट्टा भाँचि दिए पछि फेरी बनचरोले टाउको मा प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन। श्रीमान श्रीमती मात्र एक्लै बस्दै आएका उनीहरु प्राय झगड़ा गरी रहने छिमेकी हरुले बताएका छन। मृतकको छोरा अहिले बैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन भने बुहारी र नाती छूटै घरमा बस्दै आएका छन। आरोपित श्रीमतीलाई प्रहरीले हिरासतमा राखेको छ भने मृतक श्रीमानको पोस्टमाटम पछि आफन्तले दाहसस्कार गरेका छन।

 

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77