सोमवार, चैत्र १२, २०८०

लमही नगरमा अग्रता बढाउँदै काँग्रेस, ४०६ मतले अगाडी

लमही नगरमा अग्रता बढाउँदै काँग्रेस, ४०६ मतले अगाडी

टेकबहादुर पुन
दाङ । लमही नगरपालिकामा नेपाली काँग्रेसले अग्रताको दुरी ह्वात्तै बढाएको छ ।

सुरुवात देखि नै अग्रता सहित लिड गरिरहेको नेपाली काँग्रेसले अहिले ४०६ मतान्तर सहित अग्रता बढाएको हो । यो भन्दा अघि करिब २५० मतान्तर थियो ।

माओबादी केन्द्रका बसन्तराज शर्मा बिक्रान्तले १५ सय ९० मतले पछ्याउदै गर्दा नेपाली काँग्रेसका जोगराज चौधरीले १९ सय ९६ मतले अग्रता लिईरहेका छन ।
एमालेका डण्डीराम चौधरीले १५ सय २२ मत सहित पछ्याउदै छन ।

उपमेयर पदमा काँग्रेसकी लक्ष्मी योगीले लोकप्रिय २ हजार ११ मतले अग्रता लिईरहेकी छन । उनलाई एमालेकि शुसिला शर्मा १५ सय ९१ मतले पछ्याउँदै छिन भने माओबादी केन्द्रकि गँगा पाण्डेले ११ सय ८८ मत प्राप्त गरेकि छिन ।

शनिबार बिहानबाट लमही नगरका १, ५ र ९ नम्बर वडाबाट मत गणना शुरु गरिएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले सम्म लमही नगरका ९ वडा मध्य वडा नम्बर ९ बाट नेपाली काँग्रेसले बिजयी शुरुवात गरिसकेको छ । वडाध्यक्ष भेष बहादुर केसी रमेशको प्यानल नै बिजयी बनेको हो ।

लमही नगरपालिका वडा ५ मा वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका ओमप्रसाद सुवेदीले ६७७, नेपाली कांग्रेसका कुमार घिमिरेले ५५३, नेकपा एमालेका विमबहादुर केसीले ४०१ मत प्राप्त गरेका छन । वडा नम्बर १ मा नेपाली कांग्रेसका दामाेदर पाैडेलले ७५६, नेकपा माओवादी केन्द्रका घनश्याम खनालले ६६२, नेकपा एमालेका नुमराज पाैडेलले ४६० मत प्राप्त गरेका छन ।

अहिले वडा नम्बर ६ र ८ को मतगणना का लागि मतपत्र पट्याउने काम भईरहेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77