बिहिबार, बैशाख १३, २०८१

कस्ले मार्ला बाजी – लमही नगरपालिकाको मेयर पदका ३ दाबेदार

सुजल जी.एम

देश यति बेला चुनाबमय बनेको छ। नेपाल सरकारले यही बैशाख ३० गते घोसणा गरेको स्थानीय तहको निर्बाचन नजिकिए संगै चुनाबी माहोल तातिएको छ भने बिभिन्न पार्टीका उम्मेदवारहरु आफ्ना कार्यकर्ता संगै जनताको घर घरमा पुगेर भोट मागी रहेका छन। यसपालिको निर्बाचनमा कसले र कुन पार्टीले जित्ला अनि देशले कस्तो नेतृत्व पाउला भन्ने चर्चा परिचर्चा पनि चलिरहेको छ। यस्तैमा प्रदेश न ५ लुम्बिनी प्रदेशको राजधानी दाङ्ग जिल्लाको देउखुरीको लमही नगरपालिकाको मेयर पदमा कस्ले र कुन पार्टीले बाजी मार्ला भन्ने बिषयमा पनि चर्चापरिचर्चा चुलिएको छ। चर्चापरिचर्चा हुनु र लमही नगरपालिकाले एक असल सक्षम सबल र कुसल नेतृत्व पाउनु फरक कुरा हो। यसपालिको निर्बाचनमा लमही नगरपालिकाको मेयर पदका दाबेदारहरुको बारेमा यहा थोरै चर्चा गरौ।

१. दण्डी राम चौधरी
दण्डी राम चौधरी नेकपा एमालेबाट लमही नगरपालिकाको मेयर पदको उम्मेदवार हुन। समाजसेवा र राजनीतिमा राम्रो छबी बनाएका दण्डी राम चौधरी लमही खानेपानीको पूर्व अदक्ष्य पनि हुन। उनले कोरोनाको समयमा निकै राम्रो काम गरेका थिए। कोरोनाका बिरामीलाइ अक्सिजन उपलब्ध गराउने देखि अन्य कुराको ब्यबस्थापनमा अहम भूमिका निभाएका थिए। चौधरी समुदायको बाहुल्यता रहेको लमही नगरपालिकामा चौधरीहरु माझ राम्रो छबी बनाएका दण्डी राम चौधरी पहाडीहरुको बाहुल्यता रहेको लमही बजारका बासिन्दाहरु संग पनि लोकप्रिय र निकट छन। लमही नगरपालिका लाई हरेक सेवा सुविधाले सुसम्पन्न बनेको समृद्ध नगरपालिका बनाउने एजेण्डा सहित दण्डी राम चौधरीको लमही नगरपालिकाको मेयर पदको उम्मेदवारी रहेको छ ।

२.बसन्त राज शर्मा ” विक्रान्त ”
बसन्त राज शर्मा ” विक्रान्त ” नेकपा माओबादी केन्द्र बाट लमही नगरपालिकाको मेयर पदको उम्मेदवार हुन। समाजसेवा र राजनीतिमा राम्रो छबी बनाएका बसन्त राज शर्मा ” विक्रान्त ” लमही नगरपालिकाबासी संगै देउखुरी क्षेत्रकै लोकप्रिय र प्रभाबशालि युवा नेता हुन। देउखुरी क्षेत्रकाहरेक समुदाय संग निकट र लोकप्रिय रहेका बसन्त राज शर्मा ” विक्रान्त ” ले कोरोनाको माहामारिमा काठमानडौ देखि महिनौ दिन लागाएर पैदल हिडदै लमही आई पुगेकाहरुको सेवामा अहोरत्र खटने देखि उनीहरुको खानपान र क्वारेन्टिन ब्यबस्थापन गर्नुमा अहम भूमिका निर्बाह गरेका थिय। राजनीतिमा निकै सक्रिय रहेका बसन्त राज शर्मा ” विक्रान्त ” राजनीतिक हिसाबले निकै पावरफुल रहेका छन। रजनीतिक हिसाबले केन्द्र सम्मै राम्रो पहुच भएका विक्रान्त देउखुरी क्षेत्रमा एक प्रभावशाली युवा नेताको छबी बनाएका युवा नेता हुन। लमही नगरपालिका लाइ हरेक क्षेत्रको बिकास गरेर सुबिधा सम्पन्न समृद्ध उज्यालो नगरपालिका बनाउने एजेण्डा सहित बसन्त राज शर्मा ” विक्रान्त ” को लमही नगरपालिकाको मेयर पदको उम्मेदवारी रहेको छ।

३. जोग राज चौधरी
जोग राज चौधरी नेपाली कांग्रेस बाट लमही नगरपालिकाको मेयर पदको उम्मेदवार हुन। नेपाली कांग्रेसको प्रभावशालि नेता जोग राज चौधरी समाजसेवा र राजनीतिमा लोकप्रिय छन। चौधरी समुदायको बाहुल्यता रहेको लमही नगरपालिकामा जोग राज चौधरी चौधरी समुदायमा लोक प्रिय छन। कृषि,राजनीत र समाज सेवामा सक्रिय जोग राज चौधरी खाद्यान्नको भण्डार मानिएको देखुरी क्षेत्रको किसानहरुको हक हितमा सदैब लड्दै आएका छन। यस भन्दा अघिल्लो स्थानीय तहको चुनावमा पनि मेयर पदका उम्मेदवार जोग राज चौधरी झिनो मत अन्तरले परजित बनेका थिए भने यस पालि उक्त हार लाइ जित मा परिणत गरि समग्र लमही नगरपालिका लाइ बिकास गरि सुबिधा सम्पन्न समृद्ध नगरपालिका बनाउने एजेण्डा सहित जोग राज चौधरीको लमही नगरपालिकाको मेयर पदको उम्मेदवारी रहेको छ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77