शनिबार, मंसिर ९, २०८०

पल विरूद्ध अर्काे किटानी जाहेरी नवलपुरमा

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित समिक्षा अधिकारी नवलपुर आएकी छन् ।इलाका प्रहरी कार्यालय गैँडाकोटमा आफन्तसहित आएर अधिकारीले किटानी जाहेरी दिएकी हुन् ।

दिउसो २ वजे किटानी जाहेरी लिएर अधिकारी कार्यालय आएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले बताइन् ।इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दर्ता भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

आरोपित पल शाहलाइ तनहुँबाट झिकाएर अनुसन्धान गरिने उनले जानकारी दिए ।गैडाकाेट रिसाेर्टमा पहिलाे करणी भएकाे स्थानकाे आधारमा उनका परिवार यहाँ आएका हुन् ।

© 2023 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77