बिहिबार, साउन १०, २०८१

पुर्ब इन्डियन आर्मीले खोले सुबिधा सम्पन्न होटल सिटी क्राउन

दाङ्ग जिल्लाको लमही नगरपालिका लमही बजारको पुर्ब-पश्चिम महेन्द्र राजमार्गमा पर्ने रातोडाँडामा सुबिधा सम्पन्न होटल सिटी क्राउन संचालनमा आएको छ। नेपालीहरुले सदैब गर्व गर्ने बिर गोर्खाली सेना इन्डियन आर्मीमा भर्ति भएर १७ बर्ष पछि रिटायर्ड भएका ३४ बर्षिय सिदान्त जी एम ले नेपालमै केहि गर्नु पर्छ भन्ने इच्छा र आठोट लिएर होटल सिटि क्राउन संचालनमा ल्याएका हुन।

घर भित्र नै ५ – ७ वटा गाडी पार्किंग गर्न सकिने,एसी तथा ननएसी अटेज बाथरुम अनि २४ बिसै घण्टा तातो चिसो पानि र वाईफाईको व्यवस्था भएको होटल सिटि क्राउनको उत्घाटन लमही नगरपालिकाको मेयर कुल बहादुर के सीले रिबन काटेर गर्नु भएको हो। होटल सिटी क्राउनको उत्घाटन समारोहमा प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएको लमही नगरपालिकाको मेयर कुल बहादुर के सीले पुर्ब-पश्चिम महेन्द्र राजमार्गमा पर्ने रातोडाँडामा संचालमा आएको होटल सिटी क्राउनले समग्र लमही नगरपालिका र देउखुरीको पर्यटन प्रबर्दन र बिकासमा टेवा पुर्याउने आसा र विश्वास राख्दै होटल सिटी क्राउनको उतर उतर प्रगतिको शुभ कामना दिनु भएको थियो।

अर्काको देशमा १७ बर्ष सम्म निरन्तर पसिना बगाउदाको पिडा सुनाउदै अब भने आफै देशमा केहि गर्नु पर्छ र २-४ जनालाई नेपालमै रोजगार प्रदान गर्नु पर्छ भन्ने सोचका कारण होटल सिटी क्राउन संचालमा ल्याएको संचालक सिदान्त जी एम ले बताए। घर भित्र नै ५ – ७ वटा गाडी पार्किंग गर्न सकिने गरे होटल संचालन मा उनले उत्क्रिष्ट सेवा सुबिधा प्रदान गर्ने अठोटका साथ झन्डै डेढ करोडको लागतमा बनेको आफ्नै सुबिधा सम्पन्न घरमा होटल सिटी क्राउन संचालनमा ल्याएको बताए। उचित मुल्यमा ग्राहकबर्गलाई सेवा सुबिधा प्रदान गर्ने अठोटका साथ लमही बजार तथा देखुरी घुम्न आउनुहुने पर्यटक र पुर्ब-पश्चिम महेन्द्र राजमार्गमा यात्रा हिडनुहुने सबैको सेवामा होटल सिटी क्राउन तत्पर रहेको बताउदै एक पल्ट होटल सिटी क्राउनमा पाल्नु हुनको लागि अनुरोध पनि गरेका छन।

होटल सिटी क्राउनको संचालक सिदान्त जी एम र हिमा जी एम कलासिक नेपाली डट कम र कलासिक नेपाली च्यानलको संचालक नेपालका चर्चित पत्रकार सुजल जी एमको आफनै दाइभाउजु हुन। होटलको उत्घाटन सम्हारोमा उपस्थित भएका सुजल जी एमले दाईभाउजु लाई सफलताको शुभ कामना सहित आफु लाइ माया र सपोट गर्ने सबैलाई होटल सिटी क्राउनामा पल्नुहुनुको लागि अनुरोध गरेका थिए।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77