शनिबार, साउन १२, २०८१

दाङ-सल्यान सडकखण्ड दुई दिनदेखि अवरुद्ध, दुई गाडीमा क्षति

लमही ३-असार/ लगातार वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडकखण्ड अवरुद्ध भएको छ भने दुई वटा गाडीमा क्षति पुगेको छ ।राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका-३ बसारे नजिकै आएको पहिरोले दुई गाडीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ नं. एम्बुलेन्स र ना १ ख ८७८६ नं. को टिप्परमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । मंगलबार गएको पहिरोभन्दा करिब ५०० मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पु¥याएको उनले बताए ।

 

अविरल वर्षाका कारण राप्ती राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बाटोमा रोकिराखेको टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको छ । पानी निरन्तर परिरहँदा सडक खुलाउन समस्या भएको प्रहरीले बताएको छ । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो खसिरहेकाले समस्या भएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77