शनिबार, साउन १२, २०८१

खोटाङका ६७ वर्षीय बृद्ध उदयपुरमा टिकटक भिडियो बनाउदै गर्दा पोखरीमा डुबेर मृत्यु

टिकटकका लागि भिडियो बनाउदै गर्दा उदयपुरमा एक बृद्धले पोखरीमा डुबेर ज्यान गुमाएका छन् । खोटाङ स्थायी घर भएका ६७ वर्षीय डिल्लीशेर राईले उदयपुरको त्रियुगा नगरपालिकास्थित देउरीमा टिकटक भिडियोका लागि पौडी खेल्दै गर्दा ज्यान गुमाएका हुन् ।

बुधबार दिउँसो ४ः०० बजे घरमा गर्मी भएको र पोखरीमा सीतलका लागि नुहाएर आउने भन्दै निस्कीएका थिए । घरबाट पोखरी जाँदा उनले एक ८ वर्षीय बालकलाई पनि सँगै लिएर गएका थिए । दुवैजना पोखरी पुगेपछि ती बृद्ध बाहीरि कपडा खोलेर पौडी खेल्न पसेका थिए ।पौडी खेल्दा आफ्नो ‘भिडियो खिच्नू’ भन्दै उनले बालकलाई मोवाई भिडियो रेकर्ड अन गरी हातमा दिएर उनी पसेका थिए । हाँसहरु पनि पौडीरहेको सो पोखरीमा बृद्ध राई केही पटक ओहोरदोहोर गरेपछि भिडियो खिचीरहेका बालकले एक्कासी बृद्ध गायक (डुबेको) देखेपछि उनले घरमा आएर खबर गरेका थिए ।

 

बृद्ध डुबेको देखेपछि बालक अत्तालिएको सुनेपछि वरपर रहेका सर्वसाधरणले उनलाई पोखरीबाट झिकेको भएपननि प्राण गइसकेको अवस्थामा पाइएको स्थानीयले बताएका छन् । परिवारका अनुसार ती बृद्धले केही दिनअघि मात्र नयाँ मोवाईल सेट किनेका थिए । सधैजसो प्राय टिकटक हेरिरहने उनले आफूलाई पनि टिकटक भिडियो बनाउन मन लागेको परिवार सदस्यहरुसँग बताउदै आएको मृतकी श्रीमति ७९ वर्षीया कन्याकुमारी राईले जानकारी दिइन् ।

 

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ४ बतासे बोल्पा स्थायी घर भई हाल हाल उदयपुरको त्रियुगा नगरपालिका देउरी चोक नजिकै घर बनाएर बस्दै आएका राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77