शनिबार, साउन १२, २०८१

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् ।

 

तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ ।

 

ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।

 

यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

 

यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77