बुधबार, साउन ९, २०८१

बजार गएका श्रीमान केटि लगेर फरार भएपछि नाबालक छोराछोरीको बिचल्ली

एक‌ैछिन बजारबाट मासु ल्याएर आउछु भनेका रमेश टमट्टा अर्कै केटि लगेर भागेकाछन् । यो घटना कैलाली जिल्लाको लम्किचुहा न.पा. १ पुर्व लम्किको हो । केही दिन अघाडि भारतको गुजरात बाट श्रीमति, छोराछोरी लाई घर ल्याएर आएका रमेश टमट्टा घर पुगेर बजार गएका थिए ।रमेशकि आमाले भने अनुसार बर्दगोरिया गाउपालिका वडा न ३ बस्ने देवसरा टमट्टा लाई भगाएर लगेको बताईन् । करिब ३ बर्ष भारतको गुजरातमा बसेर घर फर्किएका रमेश यसरी ३ छोराछोरी लाई छोडेर जादा घरमा बिचल्ली भएकोछ ।

 

रमेशकि श्रीमती रेखाले भने अनुसार श्रीमान छोराछोरीलाई धेरै माया गर्ने र आफुले त्यो केटि संगको सम्बन्ध बारे केहि थाहा नभएको सुनाईन् । श्रीमान श्रीमतिको सम्बन्ध पनि राम्रै भएको र केही मनमुटाव पनि नभएको बताईन् ।

 

यसरी घरमा ३ नाबालक छोराछोरी हुदैहुदै अर्कै केटि लाई लगेर गएपछि छोराछोरी के गरि पाल्ने, कसरी हुर्काउने भन्दै निराश भएकिछन् । जग्गाको नाममा १० दुर जग्गा मात्रै भएको बताउदै आमाले पनि दुखेसो पोख्नुभयो ।

© 2024 Classic Nepali सर्वाधिकार सुरक्षित Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= 1765/076-77